Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कांग्रेस केन्द्रीय समिति बैठक आजपनि बस्दै, चुनावी तालमेलबारे निर्णय हुन सक्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

गएको शुक्रवारदेखि बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएकाले आज बस्ने बैठकले चुनावमा तालमेल गर्ने/नगर्नेबारे निर्णय गर्ने सम्भावना रहेको कांग्रेसका नेताहरुले बताएका छन् ।

शुक्रवारदेखि भइरहेको केन्द्रीय कार्यसमितिको बैठकमा चुनावी तालमेल गर्ने वा चुनावमा एक्लै जाने विषयमा केन्द्रीय सदस्यले फरकफरक धारणा व्यक्त गरेका छन् ।

बैठकमा चुनावी तालमेलका साथै निर्वाचनमा पार्टीलाई कसरी मजबुत बनाउने, निर्वाचनको तयारीका लागि पार्टीले सञ्चालन गरिरहेको एकमहिने ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको समीक्षालगायत विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077