Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेन संकट : रुस र युक्रेनबीच आज वार्ता हुँदै, युक्रेनी वार्ता टोली टर्कीमा

एजेन्सी । युक्रेन र रुसको वार्ता टोलीबीच मंगलबार स्तानबुलमा वार्ता हुँदैछ । वार्ताका लागि युक्रेनी टोली टर्कीको राजधानी स्तानबुल पुगेको छ ।

युक्रेनी वार्ता टोलीको नेतृत्व रक्षामन्त्री ओलेक्सी रेज्निकोभले गरेका छन् । यस्तै राष्ट्रपति कार्यालयका प्रमुख मिखाइल पोडोल्याक पनि वार्ता टोलीमा छन् ।

दुई हप्ता भन्दा लामो समयपछि युक्रेन र रुसको टोलीबीच पहिलोपटक भौतिक उपस्थितिमा वार्ता हुन लागेको हो । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानको आतिथ्यतामा वार्ता हुन लागेको हो । वार्ता नेपाली समय अनुसार दिउँसो १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

वार्तामा रुसले युक्रेनसँग उ नेटोमा सामेल हुने मनसाय त्याग्न माग गर्ने बताइएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले नेटोमा सामेल हुने नहुने बारे सोच्न सकिने बताएका छन् । रुसले युक्रेनमा गएको फेब्रुअरी २४ देखि आक्रमण गर्दै आएका छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077