Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

युक्रेन–रुस वार्ताको क्रममा रुसी अर्बपतिलाई विष दिइएको आशंका

एजेन्सी । रुसी अर्बपति रोमन अब्रामोविचमाथि विषाक्त आक्रमण भएको आशंका गरिएको छ ।

बेलारुसमा युक्रेन–रुस वार्तामा सहभागी भएर फर्किएका रुसी अर्बपति अब्रामोभिचलाई शंकास्पद विषको असर देखिएको हो ।

उनी निकट स्रोतले दिएको जानकारीअनुसार वार्ताबाट फर्किएपछि उनको आँखा दुख्न र छालाको बाहिरी भाग उप्किन थालेको छ।

युक्रेनका अन्य दुई शान्ति वार्ताकारमा पनि यस्तै किसिमको समस्या देखिएको बीबीसीले उल्लेख गरेको छ।

एक समाचारमा उल्लेख गरिएअनुसार यो वार्ता होस् भनेर नचाहने रुसी कट्टरपन्थीहरुले विष दिने प्रयास गरेका हुन्।

यो आरोपपछि अमेरिकी शीर्ष अधिकारीले यस किसिमको लक्षण विषको कारण नभई वातावरणीय कारणले उत्पन्न भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077