Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दिल्लीको बजेट भारतको पहिलो ‘रोजगार बजेट’ भएको मुख्यमन्त्री केजरीवालको दावी

एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले रोजगारीलाई केन्द्रविन्दु रुपमा राख्दा दिल्लीको बजेट देशकै पहिलो ‘रोजगार बजेट’ भएको दाबी गरेका छन् ।

मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

रोजगारी निर्वाचन प्रचारका क्रममा मात्र चर्चा हुने विषय थियो, त्यसपछि त्यो विषयलाई कसैले सम्बोधन गर्दैनथे । स्वतन्त्र भएयता पहिलो पटक दिल्लीमा रोजगारीलाई मुख्य केन्द्रबिन्दु बनाएर बजेट बनाइएको छ ।”

उनले थपे, “यो हाम्रो स्वतन्त्र भारतको पहिलो ‘रोजगार बजेट’ हो । शिक्षित युवाहरूले अझै पनि जागिरको लागि संघर्ष गरिरहेका छन् र बितेका केही वर्षमा विद्युतीकरण, राजस्व सङ्कलन र महामारीले गर्दा रोजगारीको परिदृश्य झनै खराब भएको छ ।”

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077