Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पोर्चुगल र पोल्यान्ड विश्वकपमा

काठमाडौं । पोर्चुगल र पोल्यान्ड विश्वकपका लागि छनोट भएका छन् ।

मंगलबार भएको खेलमा युरोपेली प्ले अफमा पोर्चुगलले नर्थ मेसेडोनिया र पोल्यान्डले स्विडेनलाई समान २–० गोलले पराजित गरेको हो ।

पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेसले गरे । पोल्यान्डको जितमा भने रोबर्ट लेवनडोस्कीले पेनाल्टीबाट पहिलो गोल गरेपछि पिटर जिलिन्स्कीले दोस्रो गोल थपे ।

अफ्रिकाबाट भने त्यहाँको च्याम्पियन सेनेगल, क्यामरुन, घाना, मोरक्को र ट्युनिसिया विश्वकपका लागि छनोट भएका छन् । यस्तै साडियो मानेले टाइब्रेकरमा गोल गरेपछि सेनेगलले इजिप्टलाई हराएर विश्वकपमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077