Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति सदस्यमा ज्ञानेन्द्र शाही मनोनित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका प्रवक्ता रहेका ज्ञानेन्द्र शाहीलाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेका छन्।

अध्यक्ष लिङ्देनले मंगलबार शाहीलाई कार्यसम्पादन समिति सदस्य मनोनीत गरेका हुन्।

राप्रपा र सुशासनका लागि हाम्रो नेपाल हामी नेपाली अभियानबीच भएको सम्झौता र पार्टी विधान बमोजिम शाहीलाई कार्यसम्पादन समिति सदस्य मनोनीत गरिएको उल्लेख छ।

शाहीले राप्रपाको बृहत्तर हितको लागि काम गर्ने विश्वास लिएको अध्यक्ष लिङ्‌देनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077