Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टिपरको ठक्करबाट दिदीबहिनीको मृत्यु : सुन्दरीजल तनावग्रस्त हुँदा अश्रूग्याँस प्रहार

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएपछि तनावको सिर्जना भएको छ ।

आक्रोशित स्थानीयले ट्रिपरमा तोडफोड गरेका छन्, सडक अबरुद्ध पारेका छन् । स्थितिलाई नियन्त्रणमा लिन बाक्लो प्रहरी परिचालन गरिएको छ । केही राउण्ड अश्रूग्याँससमेत प्रहार गरिएको छ ।

बुधबार विहान स्थानीय वल्र्ड युथ इन्टरनेश्नल स्कुलमा अध्ययरत सृष्टी र श्रेया घिसिङको टिपरको ठक्करबाट मृत्यु भएको थियो ।बुबा रोहन घिसिङ गम्भीर घाइते भएका छन् ।

घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा४ख ६९६५ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077