Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भारतीय राजदूतावासले ५७ औं आइटेक दिवस मनायो

    भारतीय राजदूतावासले ५७ औं आइटेक दिवस मनायो

    अनलाइन नेपाल
  • बुधबार, १६ चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं। भारतीय राजदूतावासले ५७ औं भारतीय प्राविधिक एवम् आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ ।

    शिक्षा मन्त्री देवेन्द्र पौडेलको प्रमुख अतित्यथामा चैत्र १५ गते काठमाडौंमा आइटेक दिवस मनाएको हो ।



    नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतका विभिन्न प्रतिष्ठित संस्थानहरुबाट उच्च शिक्षा तथा प्रशिक्षण लिएका आइटेकका पूर्व विद्यार्थीहरुलाई स्वागत गरेका थिए ।



    राजदूत क्वात्राले आइटेक अन्तर्गतका विभिन्न प्रशिक्षण कार्यक्रहरुमा नेपाल सबैभन्दा बढी सक्रिय रुपमा सहभागी हुने तथा प्रशिक्षण प्राप्त गर्ने मुलुक रहेको बताए।

    स्थापना भएको ५७ वर्ष अवधिमा आइटेक अन्तर्गतका कार्यक्रमहरुबाट विश्वभरका दुई लाखभन्दा बढी मानिसहरु लाभान्वित भएका छन् । त्यस्तै विगत १५ वर्षदेखि नेपालका विशेष आवश्यकताहरु पूरा गर्न विशेष तवरले बनाइएका विशेष आइटेक कोर्ष अन्तर्गत हजारौं नेपाली नागरिकहरुलाई प्रशिक्षण दिइएको छ ।

    मन्त्री पौडेलले कोभिड–१९ महामारीको समयमा पनि नेपाली आइटेक विद्यार्थीहरुको निरन्तरतालाई सुनिश्चित गर्दै इ–आइटेक कोर्षमार्फत निबार्ध रुपमा प्रशिक्षण प्रदान गर्न भारतीय राजदूतावासले चालेका प्रयासहरुको प्रशंसा समेत गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार