Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

न्यायाधीश श्रेष्ठले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश नियुक्त तिलप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष न्यायाधीश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

संसदीय सुनुवाइ समितिको मंगलबारको बैठकबाट सर्वसम्मतरुपमा अनुमोदन भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी थिइन् ।

उच्च अदालत विराटनगरको मुख्य न्यायाधीश रहेका श्रेष्ठलाई गत फागुन २६ गते बसेको न्याय परिषद्को बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077