Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जिल्लामा कार्यरत कर्मचारीहरुको काज, विदा स्वीकृत नगर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई जिल्लामा कार्यरत कर्मचारीहरुको काज, विदा स्वीकृत नगर्न नगराउन निर्देशन दिएको छ।

स्थानीय तहको निर्वाचन तोकिसकिएकोले अत्यावश्यकबाहेक जिल्लामा कार्यरत कर्मचारीहरुको काज, विदा स्वीकृत नगर्न कार्यालयहरुलाई निर्देशन दिइएको हो।

गृह मन्त्रालययले जिल्लाका सबै कार्यलय प्रमुखहरुको बैठक बोलाएर जानकारी गराउन सीडीओहरुलाई लिखित निर्देशन दिएको गृह स्रोतले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077