Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शिक्षक सेवाको परीक्षा दिन जानेले मोबाइल फोन बोके जफत गरिने

काठमाडौं । शिक्षक सेवा आयोगको परीक्षा दिन जानेले मोबाइल बोक्न नपाउने भएका छन् ।

आयोगले विभिन्न तहको शिक्षक पदमा परीक्षा दिन जाने परीक्षार्थीलाई परीक्षा हलमा मोबाइल नलैजान सूचित गरेको हो ।

आयोगले सार्वजनिक गरेको सूचनामा परीक्षालाई मर्यादित बनाउने कार्यमा मोबाइल फोनलगायतका एलेक्ट्रोनिक डिभाइस साथमा नलैजान भन्दै लगेमा परीक्षा केन्द्रमा रहेका कर्मचारीबाट जफत हुन सक्ने चेतावनी दिएको छ ।

आयोगले १७ हजार बढी रिक्त रहेको विभिन्न तहको शिक्षक पदमा परीक्षा लिईरहेको छ ।

माध्यमिक तहको परीक्षा मंगलबार लिएको छ भने निम्नमाध्यामिक तहको परीक्षा बिहीबार, प्राथमिक तहको परीक्षा आगामी १९ गते र आन्तरिक बढुवाको परीक्षा २१ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077