Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शान्तिवार्ता उल्लंघन गर्दै रुसद्वारा फेरि युक्रेनमा हमला

एजेन्सी । मंंगलबारको शान्ति वार्तामा रुसी पक्षले राजधानी किभ र चेर्निभ क्षेत्र आसपासमा सैन्य गतिविधि घटाउने वाचा गरेको थियो ।

तर, त्यहाँका गभर्नर भियाचेस्लभ चाओसले रुसले गरेको आफूले गरेको वाचा उल्लंघन गर्दै केही समयमै चेर्निभमा पुनः हमाला गरेको बताएका छन् ।

उता पूर्वीयुक्रेनको डोनसेक क्षेत्रमा पनि रुसीले तीव्र आक्रमण गरिरहेको रिपोर्ट गरिएको छ । यसमा दुवै तर्फबीच ठूलो लडाइँ भइरहेको खबर गरिएको छ ।

गभर्नर चाओसले भनेका छन्, “अब हामीले विश्वास गर्न मिल्छ ? उनीहरूले आफ्नो वचन तोडिसकेका छन् ।”
उनकाअनुसार रुसले चेर्निभमा रातभर बमबारी गरेको छ । यसैकारण राजधानी किभमा बुधबार बिहानैदेखि हवाई साइरन बजिरहेको अवस्था छ ।

रुसले आफ्ना सेना फिर्ता ल्याउने वचन दिएको घन्टौँसम्म पनि साइरन रोकिने संकेत देखिएको थिएन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077