Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पढ्दै कमाउँदै कार्यक्रमका लागि १४० विद्यालय छनोट

काठमाडौं । सरकारले प्रतिस्थापन बजेट विधेयकमार्फत ल्याएको महत्वकांक्षी कार्यक्रममध्ये पढ्दै कमाउँदै कार्यक्रम कार्यान्वयनका लागि १ सय ४० विद्यालय छनोटमा परेका छन् ।

शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पढ्दै कमाउँदै कार्यक्रमका लागि छनोट भएका १ सय ४० विद्यालयको सूची सार्वजनिक गरेको हो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत सरकारले प्रतिस्थापन विधेयकमा शिक्षातर्फ पढ्दै कमाउँदै ९लर्निङ बाइ अर्निङ० कार्यक्रम ल्याएको थियो । त्यसका लागि शिक्षा मन्त्रालयले यसअघि नै कार्यविधि जारी गरेको थियो भने उक्त कार्यविधि मन्त्रिपरिषद्को बैठकबाट पारित भएसँगै कार्यान्वयनका लागि अघि बढेको थियो ।

प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गर्दै सरकारले पढ्दै कमाउँदै कार्यक्रम लागू गर्नेगरी कार्यविधि तयार गरेको छ । सोहीअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना प्रकासित गरी आवेदन माग गरेको थियो ।

प्रत्येक जिल्लाबाट कम्तीमा एक विद्यालय अनिवार्य र बढीमा पाँचवटा विद्यालय छनोट गरिएको केन्द्रले जनाएको छ । राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077