Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कुनै दुविधा छैन, गठबन्धनबाटै चुनावमा जान्छौं : प्रचण्ड

    कुनै दुविधा छैन, गठबन्धनबाटै चुनावमा जान्छौं : प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, १७ चैत्र २०७८
  • 840
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन गरेरै निर्वाचन जाने विषयमा कुनै दुविधा नरहेको बताएका छन् ।

    बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘गठबन्धन एउटा सन्दर्भमा जन्मिएको हो । लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनाएका छौं । निर्वाचनमा गठबन्धबबाटै जाने भन्नेमा हामी प्रष्ट छौं ।’



    उनले अगाडि भने, ‘कांग्रेसको कार्यसमितिले के गर्ला भन्ने थियो, कांग्रेसले पनि गठबन्धनलाई करिबकरिब कायम राखेर जाने भनिसकेपछि त्यसमा कुनै दुविधा हामीभित्र छैन । हामी मिलेर नै जान्छौं । आगामी निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र रुपमा होस् । परिणमले राजनीतिक स्थायित्वलाई एकतालाई प्रवद्र्धन गर्न मद्दत गरोस् भन्ने छ ।’



    उनले अर्थतन्त्रलाई दुर्घटनाबाट बचाउन समयमै उपाय अबलम्बन गर्नुपर्ने बताए । त्यसका लागि सत्ता गठबन्धनभित्र पहल सुरु भइसकेको र उपाय निकालिने प्रचण्डले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार