Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

म्यादी प्रहरीमा जागिर लगाईदिन्छु भनि ठगी गर्ने व्यक्ति पक्राउ

सप्तरी। म्यादी प्रहरीमा जागिर लगाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सप्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको महदेवा गाउँपालिका वडा नम्वर २ बस्ने २३ वर्षीय अरबिन्द कुमार मण्डल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार म्यादी प्रहरीमा जागिर लगाई दिन्छु भन्दै विभिन्न व्यक्तिहरुलाई ललाई फकाई प्रलोभनमा पारी रकम लिने गरेको व्यक्तिलाई पक्राउ गरिएको छ ।

उनलाई नियन्त्रणमा लिई थप अनुसंधान भईरहेको सप्तरीका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077