Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अब हामी जनताको अदालतमा खडा हुने स्थिति छ : नेता खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानको कार्यान्वयनका निम्ति आ–आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्न सबैमा अपिल गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालको २४औँ वार्षिकोत्सका अवसरमा बोल्दै खनालले मुलुक अब स्थानीय निकायको निर्वाचनमा प्रवेश गर्न लागेको र संविधानको कार्यान्वयनका लागि सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिए ।

उनले भने, “व्यापार घाटा झनै बढेको छ, विविध खालका आर्थिक समस्या सामना गर्नुपरेको छ, राजनीतिक रुपमा स्थिरता दिन सकिएको छैन, अब हामी जनताको अदालतमा खडा हुने स्थिति छ, अब प्राप्त हुने जनमतले अग्रगति र स्थिरतातर्फ लैजान मार्गदर्शन गर्छ, आउने निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष ढङ्गले सम्पन्न गर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077