Online Nepal
  • मंगलबार, १५ जेष्ठ २०८१
  • बढुवा भएका तीन एआईजीको पदस्थापन, सीआईबीमा सिंह, प्रशासनमा धानुक

    बढुवा भएका तीन एआईजीको पदस्थापन, सीआईबीमा सिंह, प्रशासनमा धानुक

    अनलाइन नेपाल
  • बिहिबार, १७ चैत्र २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । आजै बढुवा भएका नेपाल प्रहरीका तीन एआईजीको आजै पदस्थापन भएको छ । केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) मा रहेका एआईजी धीरजप्रताप सिंहलाई त्यहि पदस्थापन गरिएको छ भने एआईजी रबिन्द्रबहादुर धानुकलाई प्रशासन विभागमा पदस्थापन गरिएको छ ।

    त्यसैगरी एआईजी बसन्तकुमार पन्तको प्रदेश समन्वय विभागमा पदस्थापन भएको छ ।



    आज बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले उनीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णय लगत्तै प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा आईजिपी शैलेश थापा क्षेत्रीले उनीहरुलाई दर्ज्यानी चिन्ह लगाइदिएका थिए ।



    यता, बढुवाविरुद्ध सर्वोच्च अदालतमा भने रिट दायर भएको छ । एआईजीहरुले फूली लगाइसकेपछि सर्वोच्चले २० गतेका लागि पेशी तोकेको छ । तर, एआईजीहरुको भने पदस्थापन समेत भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार