Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • देउवाको भ्रमणप्रति एमालेको आपत्ति

    एमालेको प्रश्न : देउवाको भारत भ्रमण निजी–पारिवारिक हो कि प्रधानमन्त्रीका हैसियतले हो ?

    एमालेको प्रश्न : देउवाको भारत भ्रमण निजी–पारिवारिक हो कि प्रधानमन्त्रीका हैसियतले हो ?

    अनलाइन नेपाल
  • शुक्रबार, १८ चैत्र २०७८
  • 966
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा जान लागेकोप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जान लागेका छन् ।

    तर, मुलुकका कार्यकारी प्रमुखको भ्रमणबारे प्रमुख प्रतिपक्षीसँग छलफल नै नगरिएको भन्दै एमाले आपत्ति जनाएको हो । देउवाको भ्रमण निजी९पारिवारिक हो कि प्रधानमन्त्रीका हैसियतले हो भन्दै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले प्रश्न उठाएका हुन् ।



    उनले फेसबुकमा लेखेका छन्-‘प्रधानमन्त्री शेरबहादुर देउवा आजबाट भारत भ्रमणमा जाने समाचार सार्वजनिक भएको छ । संवेदनशील र राष्ट्रिय सहमति हुनुपर्ने महत्वपूर्ण विषयमा मुलुकको सबभन्दा ठूलो र संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग उहाँले कुनै छलफल र सरोकार राख्नुभएको छैन ।



    त्यसैले स्वाभाविक रुपमा प्रश्न उठेको छः शेरबहादुर देउवाको यो भ्रमण निजी–पारिवारिक हो कि प्रधानमन्त्रीका हैसियतले हुन लागेको हो ?’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार