Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपालले १५ वर्ष महासचिव भएर काम गरेर पार्टी फुटाउनु अपराध हो : उपाध्यक्ष शाक्य

    नेपालले १५ वर्ष महासचिव भएर काम गरेर पार्टी फुटाउनु अपराध हो : उपाध्यक्ष शाक्य

    अनलाइन नेपाल
  • शुक्रबार, १८ चैत्र २०७८
  • 900
    SHARES

    काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधव नेपालले पार्टी फुटाएर अपराध गरेको बताएकी छन् ।

    शुक्रबार काठमाडौमा अनेरास्ववियुको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले माधव नेपालले त्याग र बलिदान गरेर बनाएको पार्टीलाई चटक्कै छोडेर आफ्नो भाग लिएर पार्टी फुटाएर अपराध गरेको बताएकी हुन् ।



    ‘१५ वर्ष महासचिव भएर काम गर्नुभएको, अनि यो पार्टी चटक्कै छोडेर भाग लिएर जानुभयो । पार्टी फुटाउने कुरा अपराध हो । त्याग र बलिदान गरेर बनाएको पार्टी फुटाएर माधव नेपालले अपराध नै गर्नुभएको हो’, शाक्यको भनाइ छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार