Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपाल वायुसेवा निगमको जहाज थाइल्यान्डमा ठूलो दुर्घटनाबाट जोगियो

काठमाडौं । थाइल्याण्डमा काठमाडौंका लागि उड्न तयार भएको नेपाल वायुसेवा निगमको जहाज रन वेमा दौडिरहेका बेला एक्कासी दुवैतर्फका टायर पन्चर भएका छन् ।

राजधानी बैंककबाट शुक्रबार साँझ काठमाडौं आउने तयारी भएको आरए ४०२ उडान नम्बरको जहाज उड्नलाई धावनमार्गमा गुड्ने क्रममा दुईवटा टायर पड्किएको हो ।

सो जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ । जहाजको उड्ने क्रममा भएको उक्त घटनालाई उड्डयन भाषामा रिजेक्टेड टेकअप भनिन्छ ।

जहाजको टायरको मर्मत गरेर शुक्रबार राती नै काठमाडौं आउने निगमले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077