Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

म कुनै एक पार्टीको होइन सबै पार्टीको हूँ : दीपकराज गिरी

काठमाडौं । कलाकार दीपकराज गिरीले आफू कुनै पार्टीमा प्रवेश नगरेको बताएका छन् ।

गिरीले आफू माओवादीमा प्रवेश भएको समाचारको हेडलाइन आएको र त्यसलाई हेरेर फोन र म्यासेज आएर हैरान भएपछि उनले आफू कुनै पनि पार्टीमा नलागेको जानकारी गराएका हुन् ।

शुक्रबार राति सामाजिक सञ्जालमा एक पोस्ट गर्दै गिरी माओवादीमा प्रवेश भनेको हेडलाइन मात्रै हेरेर फोन र म्यासेज आएर हैरान परेको उनले लेखेका छन् ।

उनले लेखेका छन्-'दीपकराज गिरी माओबादीमा प्रबेश भनेको हेडलाइन मात्रै हेरेर फ़ोन र म्यासेज आएर हैरान...म कहि गा छैन म कुनै एक पार्टीको होइन सबै पार्टीको हूँ ।'

केही समय अघि उनले माओवादीको पक्षमा एक स्टाटस लेखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077