Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

बिरामीको मृत्युपछि कैलालीको पदमा अस्पतालमा तनाव, प्रहरीद्धारा अश्रुग्यास प्रहार

कैलाली । कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा एक बिरामीको मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका छन् ।

कैलालीको गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोदकुमार बोहराको शनिबार बिहान अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि आफन्त आक्रोशित भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले बताए।

उनका अनुसार डाक्टरको लापर्बाहीका कारण मत्यु भएको भन्दै आक्रोशित आफन्तले अस्पतालमा ढुंगामुडा प्रहार गरेका हुन्।

ढुंगामुडा प्रहारबाट अस्पताल बाहिरका सिसा फुटेको बताइएको छ। आक्रोशित भिड तितरवितर गर्न प्रहरीले अश्रु ग्यास समेतप्रहार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077