Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ

सर्लाही । सर्लाहीमा म्यादी प्रहरीमा भर्ना गराई दिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

चन्द्रनगर गाउँपाकिला वडा नम्वर ७ बस्ने ३१ वर्षीय दिपेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

स्थानीय तहको निर्वाचन २०७९ लागि म्यादी प्रहरी भर्नाका लागि दरखास्त फारम भरिसकेका विभिन्न व्यक्तिहरूसँग उनले ५ हजार देखि ७ हजार सम्म रकम लिएको आरोप छ ।

म्यादीमा लगाइदिन्छु भन्दै रकम लिएको भन्ने सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077