Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

स्थानीय निर्वाचनका लागि मतपत्र छपाइ सुरु, झण्डै तीन करोड मतपत्र छाप्ने तयारी

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्रको छपाइ सुरु गरेको छ । आयोगले जिल्लाअनुसार फरक–फरक मतपत्रको छपाइ सुरु गरेको हो ।

मतपत्रको लहर ५६ मा सीमित गरी निर्वाचन आयोगले शनिबार मतपत्रको छपाइ सुरु गरेको हो । यस पटक मतपत्र सानो बनेको निर्वाचन आयोगले जनाएको छ । सबैभन्दा लामो मतपत्र काठमाडौँ जिल्लाको ५६ लहरको छ।

आयोगले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ सुरु गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। जिल्लाबाट निर्वाचनमा भाग लिने दलहरुको संख्या अनुरुप जिल्लापिच्छे फरक–फरक आकारको मतपत्रको डिजाइन गरिएको छ ।

उपत्यकालगायत ६ वटा महानगरपालिको मतपत्र छपाइ भने १८ गतेपछि हुने आयोगको भनाइ छ। आयोगले एक करोड ९४ लाख मतपत्र छपाइ गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077