Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चुनावी आचारसंहिता कार्यान्वयनबारे दलहरूसँग छलफल गर्ने आयोग

काठमाडौं । निर्वाचन आयोगले वैशाखमा हुने स्थानीय तहको चुनावका आचारसंहिता कार्यान्वयनबारे दलहरूसँग छलफल गर्ने भएको छ ।

स्थानीय चुनावका लागि दल दर्ताको निवेदन दिएका दलहरूलाई आयोगले छलफलका लागि बोलाएको हो ।

आयोगले स्थानीय निर्वाचनको आचारसंहिताको कार्यान्वयन सम्बन्धमा राजनीतिक दलहरूबाट प्रतिबद्धता लिन लागेको बताइएको छ । आयोगले चैत ३ गते स्थानीय निर्वाचन आचारसंहिता स्वीकृत गरी राजपत्रमा प्रकाशित गरिसकेको छ ।

आयोगका अनुसार स्थानीय निर्वाचनमा भाग लिन दर्ता भएका ७९ दलबाट आयोगले आचारसंहिताको पालनाका लागि प्रतिबद्धता लिन लागेको हो । आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयन सम्बन्धमा दलहरूसँग चैत २२ गते छलफल गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077