Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

युक्रेनको बुचा सहरमा २० सर्वसाधरणको शव फेला

एजेन्सी । युक्रेनको राजधानी किभ नजिकैको बुचा सहरको सडकमा कम्तीमा २० सर्वसाधारणको शव फेला परेका छन् ।

सो सहरलाई युक्रेनी सेनाले रुसी फौजबाट हालै आफ्नो नियन्त्रणमा राख्न सफल भएको थियो । फेला परेका २० ओटै शव पुरुषहरूको रहेको युक्रेनी सेनाले जनाएको छ ।

तीमध्ये एउटा शवको दुबै हात पछाडि बाँधिएको थियो । शवहरू राजधानीको उत्तरपश्चिमको आवासीय सडकमा छरिएका थिए । मृत्युको कारण प्रस्ट हुन सकेको छैन ।

यद्यपि, एक जनाको टाउकोमा ठूलो चोट लागेको थियो । राजधानी किभलाई घेरा हाल्ने प्रयास बिफल भएपछि रुसी फौज किभनजिकैका धेरै सहरहरूबाट फर्किएको छ भने युक्रेनले बुचा ‘स्वतन्त्र’ भएको घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077