Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

लागु औषधसहित दुई युवक पक्राउ

सिरहा।  प्रहरीले लागु औषधसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका २३ का ३० वर्षीय अजय सहनी र २७ वर्षीय शंकर सहनी रहेका छन् ।

उनीहरुका साथबाट लागुऔषध नुफिन ३ सय एम्पुल, प्रोमेथाजोन हाइड्रो क्लोरिडिन २ सय ५१ एम्पुल, डाईजिपाम २ सय ९८ एम्पुल र एउटा मोटरसाइकल बरामद गरिएको छ ।

सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनी प्रदेश २ बर्दिवास महोत्तरी र सशस्त्र प्रहरी बल नेपाल नं।७ गण हेडक्वाटर सिरहाबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

दुवै जनालाई आवश्यक कारवाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077