Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, सातजना घाइते

धनगढी । डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना जना घाइते भएका छन् । जिल्लाको पूर्वीचौकी गाउँपालिका १ साझघाटबाट वडा नम्बर ३ गैरागाउँ जाँदै गरेको से १ ज ८३९ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परी पुर्वीचौकी–३ डोटीका १८ बर्षका खेम बोहरा र ४५ बर्षका पुरन बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

यस्तै घाइते हुनेमा पुर्वीचौकी गाउपालिकाका यसोदा बोहरा, मोहन बोहरा, अमरसिह बोहरा, टंकी बोहरा, कृष्ण चयडा, जितबहादुर बोहरा र दार्चुला लोकराज जोशी रहेका छन् ।

उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याइएको प्रहरीले जनाएको छ । घाइते मध्ये कृष्णबहादुर चयडा, जितबहादुर बोहोरा र लोकराज जोशी अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077