Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ग्याँस सिलिन्डर पड्केर आगलागी, ३ बालबालिकाको मृत्यु

    ग्याँस सिलिन्डर पड्केर आगलागी, ३ बालबालिकाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २० चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सिन्धुपाल्चोकमा ग्याँस सिलिन्डर पड्केर आगलागी हुँदा जलेर ३ बालबालिकाको मृत्यु भएको छ ।

    जिल्लाको बाह्रबिसे नगरपालिका–८ मानेश्वाँरामा लामा टोलका स्थानीय मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा ग्याँस सिलिन्डर पड्केपछि आगलागी भएको हो ।



    आगलागीबाट जलेर उनका छोरा १० वर्षीय इशाक, भाइ कुमारको ६ वर्षीयको छोरा सरगम र छिमेकी पदमको साढे २ वर्षकी छोरी दिव्याको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।



    आगोमा जलेर उनीहरूको घर भित्रै मृत्यु भएको हो । घटनामा मिनबहादुर पनि गम्भिर घाइते भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार