Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाइडेन पुटिनसँग नडराउने युक्रेनी राष्ट्रपति जेलेन्सकीको विश्वास

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले आफ्ना अमेरिकी समकक्षी जो बाइडेन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डराउँछन् भन्ने आफूलाई विश्वास नलागेको दाबी गरेका छन् ।

जेलेन्स्कीले भनेका छन्,'मलाई बाइडेन पुटिनदेखि डराउँदैनन् भन्ने विश्वास किन लाग्छ भने उनी एउटा ठूलो मुलुकका नेता हुन् ।'

फक्स न्युजको स्पेसल रिपोर्टमा उनले भनेका छन्, 'म मेरो मुट्ठी कसिरहेको छु । यो हाम्रो परम्परा हो । मलाई थाहा छैन तपाईंहरूले यो मान्यतालाई बुझ्नु हुन्छ कि हुँदैन ।

मैले मुट्ठी कस्नु वा औँलाहरू क्रस गर्नुको अर्थ अमेरिकाका कुनै पनि राष्ट्रपति रुससँग डराउँदैनन् भन्न खोजेको हो । किनभने, हाम्रो लागि अमेरिका सदैव प्रजातन्त्रको प्रतीक हो । मलाई विश्वास छ, अहिले युक्रेन पनि स्वतन्त्रताको प्रतीक नै हो ।'

रुसबाट युक्रेनमा गरिएको आक्रमणको अन्तर्राष्ट्रियजगत्बाट आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077