काठमाडाैँ - जिल्ला प्रहरी कार्यालय मकनवानपुरले ९० किलो लागुऔषध गाँजा र ट्रकसहित एकसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा ट्रक चालक भारत मोजफरपुर जिल्ला थाना काटी हरिचन्द्र गाउँ पानापुर बस्ने ३५ वर्षीय असगर अलि रहेका छन् ।
विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
ट्कको क्याविनको भागमा फल्स बटम बनाई लुकाई छिपाइ ल्याएको अवस्था उक्त लागुऔषध गाँजा बरामद भएका हो ।