Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

कोरोनाका कारण विदेश जान नपाएका विद्यार्थीलाई निवेदन दिन सरकारको अनुरोध

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना महामारीका बेला नेपाल फर्किएका र बन्दाबन्दीको कारणले अध्ययन गर्न जान नपाएका विद्यार्थीहरुलाई निवेदन दिन अनुरोध गरेको छ ।

मन्त्रालयले चैत २५ गतेभित्र निवेदन दिन अनुरोध गरेको हो ।

मन्त्रालयले सूचना जारी गर्दै चीन लगायतका देशहरूमा उच्च शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई मन्त्रालयको सूचना पाटी वा वेबसाइटमा राखिएको निवेदन ढाँचा अनुसार विवरण खुलाई मन्त्रालयको प्राविधिक शिक्षा शाखाको इमेलमा निवेदन गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077