Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

६ सय ट्याब्लेट नाइट्रोभेट सहित एक युवक पक्राउ

सिन्धुली । ६ सय ट्याब्लेट नाइट्रोभेट लागुऔषध सहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका–३ घर भएका १९ वर्षीय फुल महमद अन्सारी रहेका छन् ।

उनलाई सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट लागुऔषध नाइट्रोभेट सहित प्रहरीले पक्राउ गरेको हो ।

बर्दिबासबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ३८७४ नम्बरको सुमोमा सवार अन्सारीको साथबाट ६ सय ट्याब्लेट नाइट्रोभेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077