Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मतदाता नामावलीको शुल्क लाग्ने

    मतदाता नामावलीको शुल्क लाग्ने

    अनलाइन नेपाल
  • सोमबार, २१ चैत्र २०७८
  • 792
    SHARES

    फाइल फोटो

    काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल तथा स्थानीय तहका उम्मेदवारहरूलाई मतदाता नामावली विवरण सशुल्क उपलब्ध गराउने भएको छ ।

    आयोगले देशभर‚ प्रदेश‚ जिल्ला‚ पालिका र वडा स्तरमा लाग्ने मतदाता नामावलीको शुल्क क्रमशः ७ हजार‚ ५ हजार‚ ३ हजार‚ १ हजार र ५ सय रुपैयाँ निर्धारण गरेको हो ।



    निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले शुल्क बुझाएर राजनीतिक दलहरूले मतदाता नामावली विवरण आयोगबाट लिन पाउने व्यवस्था गरिएको जानकारी दिए ।



    प्रवक्ता पौडेलले सोमबार नै निर्वाचन आयोगको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बसेको जानकारी दिए । उनका अनुसार सुरक्षा हेर्ने आयुक्त ईश्वरीप्रसाद पौडेलको संयोजकत्वमा बैठक बसेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार