Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रेस काउन्सिलद्धारा थारु भाषाको पत्रकारिता आचारसंहिता प्रकाशित

काठमाडौं । प्रेस काउन्सिल नेपालले थारु भाषाको पत्रकारिता आचारसंहिता लोकार्पण गरेको छ ।

सोमबार दाङको घोराहीमा थारु भाषाको पत्रकारिता र आचारसंहिता विषयक गोष्ठीको आयोजना गरी प्रेस काउन्सिलले पत्रकार आचारसंहिताको लोकार्पण गरेको हो ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतका अनुसार डोटेली र भोजपुरीमा पनि आचारसंहिता बनाइएको छ । यसअघि काउन्सिलले नेपाली, मैथिली र नेपाल (नेवारी) भाषामा आचारसंहिता जारी गरिसकेको छ ।

आचारसंहिताको लोकार्पण कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले आफूहरूले थारु भाषालाई कामकाजीको भाषा बनाए पनि व्यवहारमा लागू गर्न चुनौती देखिएको बताए ।

पत्रकारिता क्षेत्र समाजको ऐना भएको भन्दै उनले यसको मर्म र धर्मलाई बचाउन थारु भाषाको पत्रकार आचारसंहिताले ठूलो अर्थ राख्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077