Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

‘नरसंहार’का बाबजुद पनि रुससँग शान्तिवार्ता नरोकिने जेलेन्स्कीको दाबी

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको शान्तिवार्ता जारी रहने दाबी गरेका छन् । रुसमाथि युद्ध अपराध र नरसंहारको आरोप लगाएका उनले वार्ता भने नरोकिने स्पष्ट पारेका हुन् ।

राजधानी किएभ नजिकैको बजार बुचाबाट रुसी सैनिक फिर्ता भएपछि जेलेन्स्कीले त्यहाँको भ्रमण गरेका छन्। बुचाका सडकमा हत्या गरिएको सर्वसाधारणको शव देखिएपछि त्यसको सर्वत्र विरोध भइरहेको छ। रुसमाथि नरसंहार र युद्ध अपराधको आरोप लागेको छ।

बुचा पुगेका जेलेन्स्कीले रुसले युक्रेनमा नरसंहार तथा युद्ध अपराध गरेको पछिल्लो भयावह प्रमाण बुचाको अवस्था रहेको बताए।

विनाप्रमाण रुसले भने बुचाका तस्बिर तथा भिडियोलाई ‘फेक’ भन्दै अपराध अस्वीकार गरेको छ। रुसले युक्रेनमा गएको फेब्रुअरी २४ देखि आक्रमण गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077