Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

आचारसंहिता पालनाको प्रतिबद्धता खोज्दा निर्वाचन आयोगमा भाडभैलो

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता पालनासम्बन्धी दलहरुलाई बोलाएर राखेको परामर्श कार्यक्रममा भाडभैलो मचिएको छ ।

आयोगले ठूला राजनीतिक दलहरुलाई मात्र चिनेको र साना राजनीतिक दललाई बेवास्ता गरेको भन्दै आयोगमा पुगेका साना दलका प्रतिनिधिहरुले विरोध गर्दै भाडभैलो मचाएका हुन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ठूला दलका प्रतिनिधिको कुरा राखेर कार्यक्रम समाप्त गर्न खोजेपछि साना राजनीतिक दलका प्रतिनिधिहरुले विरोधमा उत्रेका छन् ।

प्रमुख आयुक्त थपलियाले प्रतिनिधिहरुले आयोगमा निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न आयोगले विभिन्न समितिहरुको गठन गरेको जानकारी दिएका थिए। साथै उनले प्रत्येक स्थानीय तह स्तरमा मुख्य निर्वाचन अधिकृत वा अधिकृतको अध्यक्षतामा स्थानीय तहको सम्बन्धित राजनीतिक दलको अनिवार्य प्रतिनिधित्व हुने गरी समिति गठन गरिने जानकारी गराए।

कार्यक्रममा उच्चस्तरीय अनुमगत समितिका संयोजक तथा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सात राजनीतिक दलले आचार संहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरेको पत्र पढेर सुनाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077