Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बुटवल हिरासतमा आत्महत्याको प्रयास

बुटवल। प्रहरी हिरासतमा रहेका एक जना युवक घाँटी रेटेको अवस्थामा भेटिएका छन् ।

बुटवलस्थित वडा प्रहरी कार्यालयको हिरासतमा रहेका रुपन्देहीका देवदह खैरनीका २८ वर्षीय रुद्रबहादुर नेपाली घाँटी रेटिएको अवस्थामा फेला परेका हुन् ।

तामाको तार चोरी गरेको अभियोगमा उनि हिरासतमा रहेका थिए ।

बुटवल औद्योगिक क्षेत्र र विभिन्न स्थानबाट तामाका तारहरू चोरी भएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको थियो ।

शनिबार पक्राउ परेका नेपाली सोमबार मध्यान्ह घाँटी रेटिएको अवस्थामा भेटिएपछि प्रहरीले तत्काल उद्धार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077