Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आरआरआरले गर्यो ९ सय करोडको व्यापार

    आरआरआरले गर्यो ९ सय करोडको व्यापार

    अनलाइन नेपाल
  • मंगलबार, २२ चैत्र २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । गत मार्च २५ देखि प्रदर्शनमा आएको साउथ फिल्म आरआरआरले विश्वव्यापी रुपमा आक्रामक ब्यापार गरिरहेको छ ।

    प्रदर्शनको १० दिन (आइतबार) सम्म आइपुग्दा आरआरआरले विश्वभरबाट ९ सय करोडको व्यापार गरेको हो ।



    ५ सय ५० करोडको लागतमा निर्माण भएको फिल्मले प्रदर्शनको १० दिनमा ९ सय २१।८० करोडको ब्यापार गरेको ट्रेड एनालिस्ट मनोबाला विजयबालनले ट्रविटरमार्फत् जानकारी दिएका छन् ।



    फिल्मले हिन्दी भाषामा मात्र २ सय करोडको ग्रस कलेक्सन गरेको छ भने नेपालमा १० दिनमा १० करोडको धमाकेदार कमाई गरेको छ ।

    फिल्मले पहिलो दिन विश्वभर २ सय ५७ करोड १५ करोडको सानदार ओपनिङ गरेको थियो ।

    एसएस राजामौली निर्देशित फिल्म हिन्दी, तमिल, तेलुगू, कन्नड र मलयालम भाषामा एकसाथ रिलिज भएको थियो ।

    फिल्ममा साउथ सुपरस्टार राम चरण र एनटीआर जूनियरका अलावा बलिउडको प्रतिनिधित्व गर्दै अजय देवगन र आलिया भट्टले अभिनय गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार