Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव सिलवालको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवालले दायर गरेको रिट खारेज गरेको छ ।

मङ्गलवार न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले सिलवालको रिट खारेज गरेको हो ।

सरकारले आफूलाई नियम विपरीत सदस्य सचिवबाट हटाएको भन्दै सिलवालले सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिट खारेज भएसँगै अब सरकारले नियुक्त गरेका टंकलाल घिसिङले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवको रूपमा काम गर्न बाटो खुलेको छ ।

सरकारले सिलवाललाई हटाएर गएको मङ्सिर १३ गते घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077