Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारत सरकारको सहयोगमा श्री बालमन्दिर माविको नयाँ भवन शिलान्यास

    भारत सरकारको सहयोगमा श्री बालमन्दिर माविको नयाँ भवन शिलान्यास

    अनलाइन नेपाल
  • मंगलबार, २२ चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । उदयपुर जिल्ला गाईघाट त्रियुगा नगरपालिकास्थित श्री बालमन्दिर माध्यमिक विद्यालयको नयाँ विद्यालय भवनको निर्माणका लागि शिलान्यास भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्का तथा भारतीय राजदूतावासका कार्यवाहक राजदूत श्रीमती नामग्य सी खम्पाले संयुक्तरपमा आज शिलान्यास गरेका हुन् ।

    सामुदायिक विकास परियोजनाका रुपमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत ३ करोड ११ लाख नेपाली रुपैयाँको लागतमा भारत सरकारको अनुदान सहयोगमा परियोजना अघि बढाइएको भारतीय राजदूताबासले जनाएको छ ।



    श्री बालमन्दिर माध्यमिक विद्यालय उदयपुर जिल्लाकै एक पुरानो विद्यालय हो । निर्माण कार्य सम्पन्न भइसकेपछि यो विद्यालयलाई नयाँ परिसरमा सारिनेछ । विद्यालयमा हाल ११०० विद्यार्थीहरु अध्ययनरत छन् । जसमा करिब ७० प्रतिशत छात्राहरु रहेका छन् ।



    नेपालका सातैवटा प्रदेशमा विशेष गरी तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई तथा अन्य सार्वजनिक संरचनाहरुको निमार्ण जस्ता विविध क्षेत्रहरुमा सन् २००३ यता भारतले ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ भने ४६७ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ । त्यसमध्ये उदयपुर जिल्लाका आठ निर्माण सम्पन्न परियोजना तथा निर्माण र कार्यान्वयनका विभिन्न चरणमा रहेका अन्य आठ परियोजनासहित ७१ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना प्रदेश १ मा रहेका छन् ।

    भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय विकास सहकार्य रहेको छ जसले दुई मुलुकका जनताबीचको प्रगाढ सम्बन्धलाई प्रतिबिम्बित गरेको छ । आज आयोजित यस कार्यक्रमले शिक्षा जस्ता प्राथमिकताका क्षेत्रमा पूर्वाधार निर्माण गर्न नेपाल सरकारले चालेको प्रयासलाई सफल बनाउन भारत सरकार सदैव प्रतिबद्ध रहेको कुरालाई पुष्टि गरेको समेत दूताबासको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार