Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राप्रपाले शुक्रबार काठमाडौंको खुलामञ्चमा शक्ति प्रदर्शन गर्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार काठमाडौंको खुलामञ्चमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ । चैत २५ गते खुलामञ्चमा आमसभा र शक्ति प्रदर्शन गर्न राप्रपाले विभिन्न समितिहरू गठन गरेर तयारी गरिरहेको छ ।

पार्टीको बागमती प्रदेश समितिले मंगलबार केन्द्रीय पदाधिकारी तथा सदस्यहरू र उपत्यकाभित्रका अध्यक्षहरू लगायतसँग शक्ति प्रदर्शनलगायत विषयमा छलफल पनि गरेको थियो।

आमसभाका लागि जनपरिचालन समिति संयोजक पार्टी उपाध्यक्ष बुद्धिमान तामाङले राप्रपामा जनताको आकर्षण देखिएको बताए।

महाधिवेशनबाट अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि राप्रपाले देशका विभिन्न ठाउँमा सभाहरू गरेको थियो। चुनावी प्रचारलगायतमा केन्द्रित रहेको सभा वैशाख ९ गतेसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077