Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

चिकित्सा शिक्षा स्नातक तह प्रवेश परीक्षाको नतिजा सार्वजनिक, चार जना परीक्षार्थीको परीक्षा रद्द

काठमाडौं । चिकित्सा शिक्षा स्नातक तहको शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको छ।

चिकित्सा शिक्षा आयोगले १८ चैतमा सञ्चालन गरेको स्नातक तह एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएएसएलपी, बी पर्फ्युजन टेक्नोलोजी शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

सार्वजनिक भएको नतिजामा परीक्षार्थीले आफ्नो प्रोफाइलमासमेत हेर्न सकिने व्यवस्था गरेको आयोगले जनाएको छ ।

आयोगले चार उम्मेद्‍वारको परीक्षा रद्द गरेको जनाएको छ । प्रवेश परीक्षाको उत्तर पुस्तिकामा रोल नम्बर र प्रश्नपत्र सेटको बबल नभरेका वा बबल गलत भरेका उम्मेद्‍वारका उत्तर पुस्तिकाहरु तथा परीक्षाको मर्यादा विपरित कार्य गरेका, गर्न लगाएका चार जनाको परीक्षा एकीकृत प्रवेश परीक्षा समितिको निर्णय अनुसार रद्द गरेको छ ।

परीक्षामा १७ हजार ४६७ जना विद्यार्थी सहभागी भएकोे आयोगले जनाएको छ । त्यसमध्ये ८ हजार ६८७ उम्मेद्‍वारले र विदेशी परीक्षार्थीतर्फ ६० उम्मेद्‍वारको नाम निस्किएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077