Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा एमालेको असन्तुष्टि

    निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा एमालेको असन्तुष्टि

    अनलाइन नेपाल
  • बुधबार, २३ चैत्र २०७८
  • 1K
    SHARES

    काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिताप्रति प्रमुख प्रतिपक्षी दल एमालेले असन्तुष्टि व्यक्त गरेको छ ।

    आचारसंहिता निर्माणका क्रममा आयोगले दलहरुसँग छलफल नगरेको र प्रतिज्ञापत्रमा हस्ताक्षर गर्नुअघि पनि दलहरूलाई आफ्नो कुरा राख्ने अवसर नदिएको भन्दै एमाले नेता सुवास नेम्वाङले घुमाउरो शैलीमा असन्तुष्टि व्यक्त गरेका छन् ।



    एमालेका कानुन विभाग प्रमुख रमेश बडालले आयोगले जारी गरेको आचारसंहितामा राजनीतिक दल र तिनीहरूका प्रतिनिधिले चुनाव प्रचार प्रसार गर्न पाइँदैन, विचार व्यक्त गर्न पाइँदैन भनेर लेखेको भन्दै उक्त प्रावधान ठीक नभएको जिकिर गरे ।



    मंगलबार आयोगले ७९ दललाई आयोगमा बोलाई आचारसंहिता पालना गर्ने प्रतिज्ञापत्रमा हस्ताक्षर गर्न लगाएपनि एमाले हस्ताक्षर नगरी फर्किएको थियो ।

    आयोगले बोलाएको सो कार्यक्रममा साना दलहरुले होहल्ला गरेकोले हस्ताक्षर गर्ने अवस्था नभएको बताएको एमालेले आचारसंहितामा केही त्रुटिहरु समेत रहेको बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार