Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

शिक्षक कमजोर हुँदा सबै विद्यार्थीको भविष्य कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबैका लागि गुणस्तरीय एवं जीवन उपयोगी शिक्षा सबैका लागि व्यवस्था हुनुपर्ने बताएका छन् ।

सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा रहेको शान्ति निकेतन माविको नवनिर्मित भवनको आज उद्घाटन एवं हस्तान्तरण कार्यक्रममा उनले विद्यार्थीको भविष्य शिक्षकको हातमा हुने भएकाले शिक्षक नियुक्ति गर्दा भनसुनले नभई उत्कृष्ट शिक्षक परीक्षाबाट लिनुपर्ने बताए ।

उनले भने, “एउटा शिक्षक कमजोर हुँदा कक्षामा रहेका सबै विद्यार्थीको भविष्य कमजोर हुन्छ, त्यसैले शिक्षक नियुक्तिमा भनसुन रोक्नुपर्छ, शिक्षक भर्ना गर्दा क्वालिटीको शिक्षक भर्ना गर्न मन्त्रालयदेखि सबैले ध्यान दिनुपर्छ ।”

विविधतामा एकता आवश्यक पर्ने भएकाले विद्यार्थीलाई कक्षादेखि नै देश भक्ति सिकाउनुपर्नेमा जोड दिँदै उनले भोट र सरकारमा मात्रै नभई जनताको दैनिक जीवनयापनमा पनि लोकतन्त्र आउनुपर्ने बताए ।

शिक्षाले वास्तवमा जीवन जिउने कला दिन्छ भन्दै उनले शिक्षाले जीवनमा वास्तविक सुख प्राप्त गर्ने बाटो खोल्ने भएकाले सिङ्गो नेपाललाई नै समृद्ध नेपाल बनाउने र देशभरका जनतालाई सुखी बनाउने आफ्नो अभियान नरोकिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077