Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आफूखुशी उम्मेदवारी घोषणा गर्नेलाई जसपा सप्तरीले कारबाही गर्ने

सप्तरी । जनता समाजवादी पार्टी (जसपा) सप्तरीले आफूखुशी उम्मेदबारी घोषणा गर्नेलाई कारबाही गर्ने भएको छ ।

जिल्लामा कतिपय नेताले आफूखुशी उम्मेदबार भएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरिरहेको पाइएपछि पार्टीले कारबाहीको चेतावनी दिएको हो ।

पार्टीका जिल्ला अध्यक्ष केदार यादवले बुधबार बिज्ञप्ती जारी गर्दै निर्देशन विपरीत आफूलाई स्वघोषित उम्मेदवार भएको भनी भ्रम फैलाउने क्रियाकलाप बन्द नगरिए जोकोहीलाई पनि अनुशासनको कारबाहीहुने चेतावनी दिएका छन् ।

जसपा, सप्तरीले वडा देखि पालिका सम्म उम्मेदवार चयन गर्ने प्रक्रिया शुरु गरेको जनाउँदै विज्ञप्तिमा पार्टीको स्थानीय तह निर्वाचन कार्यविधि २०७९ अनुसार उम्मेदवार चयन गरि एक तह माथि सिफारिस गर्नुपर्ने प्रावधान रहेकाले सोही बमोजिम गरिने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077