Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्लाहीको मलंगवामा गोली चल्यो, एक जनाको मृत्यु

काठमाडौं । सर्लाहीको सदरमुकाम मलंगवा वडा नम्बर ९ मा गोली चलेको छ ।

प्रहरीका अनुसार गोली प्रहारबाट एक जना भारतीय नागरिकको मृत्यु भएको हो । मृत्यु भएका अन्दाजी ३५ वर्षीया इन्दल महतो रहेको प्रहरीले जनाएको छ ।

उनी भारतको विहारस्थित सितामढीको कन्हौली थानाका स्थायी बासिन्दा रहेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाई छ मृतकको शव प्रादेशिक अस्पतालमा राखिएको छ ।

गोली लागेको हो धारिलो हतियारले प्रहार गरेको हो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनामा संलग्नलाई खोज्न प्रहरीले सर्च अपरेशन सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077