Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • तीन दिनभित्र निर्वाचन आचारसंहिता लागु गर्ने आयोगको तयारी

    तीन दिनभित्र निर्वाचन आचारसंहिता लागु गर्ने आयोगको तयारी

    अनलाइन नेपाल
  • बिहिबार, २४ चैत्र २०७८
  • 969
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गरी यसै सातादेखि निर्वाचन आचारसंहिता लागु गर्ने अन्तिम तयारी गरेको छ ।

    निर्वाचन आचारसंहिता लागु गर्न भइरहेको ढिलाइले गर्दा निर्वाचनलाई प्रभावित पार्ने गरी जनप्रतिनिधिबाट स्रोत र साधन दुरूपयोग भइरहेको गुनासो आइरहेको बेला आयोगले सम्भवतः तीन दिनभित्र आचारसंहिता लागु गर्ने स्पष्ट पारेको छ ।



    आचारसंहिता कार्यान्वयन गराउनका गृहकार्य भइरहेको जानकारी दिँदै बुधबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने– ‘सम्बन्धित निकायहरूलाई क्रियाशील गराएर आचार संहिताको प्रभावकारी कार्यान्वयन गराउन अधिकारसहितको संस्थागत व्यवस्था आयोगले गर्नेछ ।



    यो व्यवस्था गरिसकेपछि ७७ वटै जिल्लामा सर्कुलर गर्ने र सर्कुलर गरेको दुई दिनभित्र आचारसंहिता लागू हुन्छ ।’ नेपाल समाचारपत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार