Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आयोगद्वारा ७१ निर्वाचन अधिकृतलाई हटाएर नयाँ नियुक्त

काठमडौं । निर्वाचन आयोगले ७१ निर्वाचन आयुक्तहरूलाई हटाएको छ ।

आयोगले यसअघि नियुक्त ७१ निर्वाचन अधिकृतहरूलाई हटाएर नयाँ नियुक्त गरेको हो ।

ती अधिकृतहरूले विभिन्न कारण देखाएर काम गर्न नसक्ने निवेदन दिएपछि उनीहरूलाई हटाएर नयाँ नियुक्त गरिएको बताइएको छ ।

यसअघि तोकिएका निर्वाचन अधिकृतहरूमध्ये चैत २३ को निर्णयअनुसार ७१ जना निर्वाचन अधिकृतहरूलाई विभिन्न कारणले जिम्मेवारी बहन गर्न नसक्ने भएको हुनाले हटाएर ७१ जनालाई नयाँ नियुक्त गरिएको आयोगको बिहीबारको बैठकले जनाएको छ ।

आयोगले नयाँ ७१ जनालाई यसअघि आएका नामबाट नै छनोट गरिएको बताउँदै अब सबै तहमा निर्वाचन अधिकृत पदपूर्ति भएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077