Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रसंघको मानव अधिकार परिषदबाट रूस निलम्बित

काठमाडौं । संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदको सदस्यबाट रूसलाई निलम्बित भएको छ । बिहीबार राष्ट्रसंघको विशेष महासभामा भएको मतदानमा रूसलाई सदस्यबाट हटाउनु पर्ने पक्षमा बहुमत राष्ट्रले मतदान गरेका हुन् ।

त्यससँगै डेढ महिनादेखि युक्रेनमा आक्रमण गरिररहेको रूस निलम्बनमा परेको हो । रूसलाई निलम्बन गर्नुपर्ने पक्षमा ९३ मत परेको थियो भने विपक्षमा २४ मुलुकले मत दिएका थिए।

५८ मुलुक तटस्थ बसेका थिए । मतदानमा नेपाल पनि तटस्थ बसेको थियो । गत फेब्रुअरी २४ मा रूसले युक्रेनमाथि आक्रमण थालेपछि राष्ट्रसंघमा भएका सबै मतदानमा नेपालले आफूलाई युक्रेनको पक्षमा थियो ।

नेपालका दुई छिमेकीमध्ये भारत तटस्थ बसेको थियो भने चीनले प्रस्तावको विपक्षमा मत दिएको थियो। संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदबाट कुनै मुलुकलाई बिरलै निलम्बन गरिन्छ।

अहिले युक्रेनमाथिको आक्रमण गरिरहेको रूसलाई युक्रेनमा मानव अधिकारको गम्भीर उल्लंघन गरेको आरोपमा निलम्बन गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077